मलेसियालाई हराउन नेपालले पायो ४६ रनको लक्ष्य

२०८१ माघ ११ गते

काठमाडौं । आइसिसी यु १९ महिला विश्व कपमा मलेसियाले नेपालाई ४६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा अल आउट हुँदै ४५ रन मात्रै जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोडिन् ।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । हुस्ना र नुर दानिया सुहादाले समान ५–५ रन बनाइन् ।
नुनी र नूर इज्जातुल स्याफिकाले समान ४–४ रनको योगदान दिइन् । ऐन र ब्याट्रिसियाले समान १–१ रन बनाइन् । मलेसियाका ४ ब्याटरले खाता समेत खोल्न सकेनन् ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४ विकेट लिइन् । रचना चौधरीले ३ विकेट लिइन् ।
रिया शर्मा र सिमाना केसीले समान १–१ विकेट हात पारिन् ।

२०८१ माघ ११ गते
प्रतिक्रिया
सम्बन्धित