मलेसियाविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं । मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेको छ ।

मलेसियाको जोहार क्रिकेट एकेडेमी मैदानमा नेपालकी कप्तान पुजा महतोले टस जितेर फिल्डिङ रोजेकी हुन् । नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए ।

पहिलो पटक विश्व कप खेलिरहेका दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।

विश्व कपको समूह ‘डी’ मा रहेको नेपालले स्कटल्याण्ड, अस्ट्रेलिया र बंगलादेशसँग हार बेहोरेको थियो । उता, मलेसिया भने भारत, श्रीलंका र वेस्ट इण्डिजसँग पराजित भएको थियो ।

मलेसिया र नेपाल यु १९ सन् २०२३ विश्व कपको एसिया छनोटमा एक पटक आमने सामने भएका छन् । त्यो भेटमा नेपाल २५ रनले विजयी भएको थियो ।

नेपाली यु १९ टिममा बुधवार अस्ट्रेलियाविरुद्ध खेलेको टिममा २ परिवर्तन भएको छ । बुधवार खेलेकी त्रिसना विक र अनु कडायतको स्थानमा कुशुम गोदार र स्नेहा महराले मौका पाएका छन् ।

नेपालको प्लेइङ–११ : कृष्मा गुरुङ, कुशुम गोदार, साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो ९कप्तान०, ज्योत्सिका मरासिनी, सिमाना केसी, रचना चौधरी र स्नेहा महरा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *