प्रदेश सरकारद्वारा कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारी सुरु

काठमाडौँ । कोशी प्रदेश सरकारले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारी सुरु गरेको छ ।

बिहीबार सुनसरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितको बैठक बसेको हो । बैठकमा कोशी प्रदेशले पर्यटन वर्षको रुपमा २०८२ सफल पार्ने बारेमा छलफल गरिएको छ ।

बैठकबारे जानकारी दिँदै कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री षदानन्द मण्डलले कोशी प्रदेशले पर्यटन वर्ष २०८२ घोषणा गरेबमोजिम सुरुवात गरिएको बताए ।

उनले प्रदेशका १४ जिल्लामै विभिन्न कार्यक्रमहरू गर्दै जाने र भारत र चीनका पर्यटक भित्र्याउने लक्ष्य राखेको बताए । भारत—चीन—भुटान र बङ्गलादेशलाई केन्द्रित गरेर पर्यटन वर्ष २०८२ को तयारी सुरु गरेको बताए ।

१७ लाख पर्यटक भित्र्याउने लक्ष्यअनुसार अघि बढेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *