कुमारी बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड पाल्पामा विशेष छुट पाउने भएका छन् । बैंक र मेडिकल कलेजबीच सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई ओ.पि.डी. टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आईसीयु, शल्यक्रिया तथा एक्स-रे, यु.एस.जी.मा १० प्रतिशत र ल्याब टेस्टमा प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *