अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो

काठमाडौं । नेपाल आइसिसी महिला यु–१९ विश्वकप प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

आफ्नो अन्तिम खेलमा जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कप्तान पूजा महतोले १८ रन बनाउनु बाहेक अन्य ब्याटरले १० रन पनि कटाउन सकेनन् । अलिशाकुमारी यादवले ९ रन बनाउँदा साना प्रवीणले ८ रन बनाइन् ।

सावित्री धामीले ७ रनको योगदान दिइन् भने सिमाना केसीले ६ रन बनाइन् । तृषना विक र रिया शर्माले १–१ रन मात्रै बनाउन सकिनन् ।

ज्योत्सिका मरासिनी, कृष्मा गुरुङ र रचना चौधरी शून्य रनमा आउट भइन् ।

अष्ट्रेलियाका लागि हसरत गिल, जुलिएट मोर्टन र लिलीले समान २–२ विकेट लिइन् भने क्लो आइन्सवर्थले १ विकेट हात पारिन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन जोड्यो । अस्ट्रेलियाका लागि कोइम्हे ब्रेले सर्वाधिक ४५ रन बनाइन् ।

एलेनोर लारोसाले ३१ रन बनाइन् भने हसरत गिलले ३० रनको योगदान दिइन् । क्लो आइन्सवर्थले १६ रन बनाइन् ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३ विकेट लिइन् । सिमाना केसीले २ विकेट लिइन् भने रिया शर्माले १ विकेट हात पारिन् ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्यान्डसँग एक विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *