यू-१९ विश्वकप : सुपर सिक्समा पुग्न अस्ट्रेलियालाई पराजित गर्नैपर्ने दबाबमा नेपाल
२०८१ माघ ९ गते

काठमाडौं । आईसीसी महिला यू-१९ टी ट्वेन्टी विश्वकपमा नेपालले अस्ट्रेलियाको सामना गर्दैछ । मलेसियाको वाईएसडी-यूकेएम क्रिकेट ओभल बागींमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजेबाट सुरू हुनेछ ।
नेपालले जारी विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेको छैन । नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको थियो। त्यसैले नेपाललाई आज यो खेल जित्नै पर्ने दबाब छ । नेपाल दुई खेलमा अंकविहीन बनेर समूहको पुछारमा छ । अस्ट्रेलिया भने चार अंकका साथ समूहको शीर्षस्थानमा छ ।
सुपर सिक्समा पुग्ने नेपालको गणितीय सम्भावना मात्रै बाँकी रहेको देखिन्छ । नेपालले यसअघि स्कटल्यान्ड र बंगलादेशसँग हार बेहोरिसकेको छ । नेपालाई पछिल्लो खेलमा बेहोरेको हारबाट पाठ सिकेर खेल्ने मौका छ । नेपाली महिला क्रिकेटको इतिहासमा खेलिएको यो नै पहिलो विश्वकप हो ।
२०८१ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित








