मधेस प्रदेश सरकारद्वारा स्थानीय तहको कानुन तर्जुमासम्बन्धी छलफल सुरु

काठमाडौं । मधेस प्रदेश सरकारले स्थानीय तहको कानुन तर्जुमासम्बन्धी छलफल सुरु गरेको छ ।

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा मंगलवार जनकपुरधाममा स्थानीय तहको कानुन तर्जुमासम्बन्धी छलफल सुरु गरेको हो ।

छलफल कार्यक्रममा बोल्दै प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संघ, प्रदेश र स्थानीय तहको कानुन नबाझियोस् भनेर छलफल सुरु गरेको बताए ।

उनले तीन तहको सरकारबीच समन्वय जरुरी रहेको बताए । उनले तीन तहको संरचनामा रहेका जनप्रतिनिधिबिच पनि समन्वय जरुरी रहेको उल्लेख गरे ।

उनले भने, ‘संघको, स्थानीय तहको, प्रदेशको कानुन नबाझियोस् । त्यतातिर हामी सबै अलिकति सजग रहनुपर्छ । तीन तहको बिचमा समन्वय पनि बढी हुनुपर्छ । तीन तहको संरचना र तीन तहको संरचनामा हामी रहेका जनप्रतिनिधिहरूको बिचमा सहकार्य र समन्वयको पनि त्यत्तिकै आवश्यकता छ । यो कुरालाई ध्यानमा राखेर हाम्रो मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्नकै लागि हामीले बाराको कलैयाबाट सप्तरीको सप्तकोसीबाट हामीले सुरुवात गरिसकेका छौँ । कतिपय कार्यक्रम स्थानीय तहको र हाम्रो मन्त्रालयको सहकार्यमा हामीले सुरु गरेका छौँ ।’

मन्त्री लेखीले आफ्नो मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्नका लागि काम सुरु गरिसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *