टेलिभिजनहरूको भ्युवरसिपका आधारमा विज्ञापन दिन बोर्डले थाल्यो तयारी

काठमाडौं । विज्ञापन बोर्डले टेलिभिजन रेटिङ प्वाइन्ट (टिआरपी) निकाल्नेबारे तयारी थालेको छ ।

बोर्डले टेलिभिजनहरूको भ्युवरसिप निकाल्ने र सोही आधारमा टेलिभिजनहरूमा विज्ञापन दिने गरी तयारी थालेको हो ।

नेपालमा अहिलेसम्म टेलिभिजन रियल टाइममा कति मान्छेले हेरिरहेका छन् भनेर तथ्यांक निकाल्न सकेको छैन ।

टेलिभिजनको टिआरपीको आधारमा विज्ञापन प्राप्त हुने अन्तर्राष्ट्रिय अभ्यासको सुरुवात गर्न छलफल चलाइएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए ।

टेलिभिजनको लोकप्रियता र टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको लोकप्रियताको आधारमा विज्ञापन बाँडफाँड गर्नको लागि छलफल अघि बढाइएको अध्यक्ष हुमागाईंले बताए ।

उनले भने, ‘नेपालमा टेलिभिजन रियल टाईममा कति मान्छेले हेरिराखेका छन् ? कुन टेलिभिजन कति लोकप्रिय छ ? र टेलिभिजनभित्रको पनि कुन कार्यक्रम कति लोकप्रिय छ ? भनेर अहिलेसम्म हामीले डाटा निकाल्न सकेका छैनौँ । संसारभरि टेलिभिजनहरूको भ्युवरसिप निकाल्ने तथा टेलिभिजन रेटिङ पोइन्ट (टिआरपी) निकाल्ने गरिन्छ । त्यो आधारमा टेलिभिजनहरूमा विज्ञापन प्राप्त हुने, र विज्ञापन पनि कार्यक्रमको लोकप्रियताको आधारमा मापन गरिन्छ । त्यसैले हामीले नेपालमा पनि टेलिभिजनहरूको रेटिङ निकाल्नुपर्छ भनेर हामीले छलफल चलाएका हौँ । सम्भवतः यो छलफलले मद्दत पुग्छ भन्ने हामीले विश्वास लिएका छौैं । ’

यस छलफलले टेलिजिनहरुको टिआरपी निकाल्ने र सोही आधारमा विज्ञापन दिन सहजता प्रदान गर्ने उनको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =