सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य प्रतितोला सय रुपैयाँले घटेको हो ।

छापावाल सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार पनि चाँदी प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 12 =