मधेस केन्द्रित दल टुट्न हुँदैन : राजेन्द्र महतो

सिरहा । राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकतामा नै ताकत रहेको बताएका छन् ।

बलिदानी दिवसका अवसरमा बोल्दै उनले सहिदका सपना पूरा गर्न मधेसका सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

लहानको सहिद पार्कमा सहिदको शालिकमा माल्यार्पण गर्दै उनले आफ्ना अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने बताए ।

उनले मधेसी, थारु, आदिवासी, दलित एकजुट भएर आफ्ना अधिकार प्राप्तिमा लाग्नुपर्ने बताए । उनले मधेस केन्द्रित दल टुट्न नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *