गाजामा युद्धविराम सम्झौताको नेपालले गर्यो स्वागत
२०८१ माघ ४ गते

काठमाडौं । नेपालले गाजापट्टीमा युद्ध विरामसम्बन्धी सम्झौताको स्वागत गरेको छ । शुक्रवार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गाजामा बन्धकहरूको रिहाइ र युद्धविराम सम्झौता’को स्वागत गरेको हो ।
विज्ञप्तिमा भनिएको छ,‘हामी हालैको युद्धविराम सम्झौतासम्बन्धी घोषणाको स्वागत गर्दछौँ । हामी आशा गर्छौं कि यसले गाजाका जनतालाई मानवीय सहायताको निर्बाध आपूर्ति सुनिश्चित गर्दै सम्बन्धित पक्षहरूलाई दिगो शान्ति र स्थायित्वको बाटोमा डोऱ्याउनेछ’ ।
२०२३ देखि मध्यपूर्वमा भइरहेका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
२०८१ माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित








