जिबी राईको राहदानी रद्द गर्न अदालतको आदेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार गितेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । शुक्रवार कास्की अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले जिबीको राहदानी रद्द गर्न आदेश दिएको हो ।

राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत् जिबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गर्दै अदालतमा निवेदन दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twelve =