आइएमई पेबाट धरहरा भ्रमणको टिकट भुक्तानी सुरु

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ अब धरहरा भ्रमणको निम्ति टिकट भुक्तानी पार्टनरको रुपमा रहनेछ ।

नव निर्मित धरहरामा गत संविधान दिवसको दिनदेखि प्रवेशमा शुल्क लागु गरिएको थियो ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (आवास तथा भवन)द्वारा संचालित धरहराको वेबसाइट मार्फत सेवाग्राहीहरूले अनलाइन टिकट खरिद गर्न सक्नेछन् ।

टिकट खरिद गर्न भ्रमण मिति, समय र टिकट संख्या बुक गरी भुक्तानी गर्ने बेला आइएमई पे छनोट गरि टिकट बुक गर्न सकिनेछ ।

परम्परागत वित्तीय सेवालाई डिजिटलाईज गर्दै आउने क्रममा आइएमई पेले विभिन्न भुक्तानी सेवाहरूलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरूलाई थप लाभ प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *