विपक्षी दलहरूको बैठक जारी, संयुक्त पत्रकार सम्मेलन गरिँदै
२०८१ माघ ४ गते

काठमाडौं । बानेश्वरमा विपक्षी दलहरूको बैठक सुरु भएको छ ।
बुधवार बसेको बैठकले दुई सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्य दलले तयार पारेको ड्राफ्टलाई अन्तिम रूप दिन बैठक बसेको हो ।
बैठक लगत्तै विपक्षी दलले आज पत्रकार सम्मेलन गर्दै छन् । तीन बजेका लागि पत्रकार सम्मेलन बोलाइएको छ ।
कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एसका वरिष्ठ नेता डा.बेदुराम भुसाल रहेका छन् ।
बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीका शीर्ष नेताहरू सहभागी छन् ।
२०८१ माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित








