महालक्ष्मी विकास बैंकद्धारा रिकरिङ्ग बचत खाता सञ्चालन

काठमाडौं । महालक्ष्मी विकास बैंकले बालबालिकाहरूको लागि बचत मै मुद्धती सरहको ब्याज पाइने महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट एकाउण्ट सञ्चालनमा ल्याएको छ ।

बैंकद्धारा बालबालिकाहरूको भोलिको दिनहरूमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेर देखी नै सम्बोधन गर्ने गरी रिकरिङ्ग बचत खाता सञ्चालनमा ल्याएको हो ।

यस खाता अन्तर्गत बचतकर्ताले १ वर्ष देखी १० वर्ष सम्म मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम निरन्तर रुपमा बचत गर्न सक्नेछन् जसबाट १ वर्षको व्यक्तिगत मुद्धती बराबरकै ब्याजको लाभ लिन सक्नेछन् ।

अभिभावक द्वारा सञ्चालन गर्न सकिने यस खातामा अवधि समाप्ति पश्चात एक मुष्ट रकम प्राप्त गर्न सकिनेछ ।

मुद्धती खाता जस्तो धेरै रकम पनि नचाहिने, मात्र ५०० बाट समेत सुरुवात गर्न सकिने, ब्याज पनि आकर्षक पाइने, भोलिको दिनमा एकमुष्ट प्राप्त हुने रकमबाट आफ्नो बालबालिकाहरूको शिक्षा दीक्षा तथा अन्य वित्तीय आवाश्यकताहरुको परिपूर्ति गर्न समेत सहज हुने भएकोले महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट खाता ग्राहकहरूको लागि एक उत्तम खाता हुन सक्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै महालक्ष्मी स्मार्ट साथी सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *