एनआईसी एशिया बैंकको सञ्चालक समितिबाट वित्तीय विवरण स्वीकृत

काठमाडौं । एन आई सी एशिया बैंकको सञ्चालक समितिबाट आ.व. २०८०/८१ को वित्तीय विवरण स्वीकृत भएको छ ।

सोमबार सम्पन्न भएको एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको ६९४ औं बैठकमा सो वित्तीय विवरण स्वीकृत भएको हो ।

यस बैंकको आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू माथि छलफल गरी स्वीकृत गर्नुका साथै सो को अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

बैठकले आ.व. २०८०/८१ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गर्नुका साथै नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात यथाशीघ्र बैंकको २७ औं वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *