बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ ।

गए राति साढे २ बजे मुम्बईस्थित आफ्नै निवासमा उनीमाथि चक्कु प्रहार भएको हो ।

हमलामा परेका खानको घाँटी, ढाड, हात र टाउकोमा चोट लागेको छ । घटनालगत्तै उनलाई लीलावती अस्पताल पु¥याइएको थियो ।

हाल उनको शल्यक्रिया भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय समाचार संस्थाले खानको शरीरमा ६ पटक चक्कु प्रहार भएको जनाएका छन् । त्यसमध्ये दुई घाउ गहिरो चोट भएको पनि उल्लेख छ ।

घटनापछि अभिनेता खानको टोलीले आधिकारिक बयानमा घरमा चोरी गर्ने कोसिस भएको र घरका अर्का एक कर्मचारी पनि घाइते भएको उल्लेख रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =