आशिका तामाङ प्रहरी नियन्त्रणमा
२०८१ माघ २ गते

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ परेकी छन् ।
तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले बताए । प्रहरी नियन्त्रणमा रहेकी तामाङमाथि थप अनुसन्धान भइरहेको छ ।
केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
२०८१ माघ २ गते
प्रतिक्रिया
सम्बन्धित








