मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

२०८१ माघ १ गते

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य ४० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

२०८१ माघ १ गते
प्रतिक्रिया
सम्बन्धित