सोमबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको भाउ बढेको छ । चाँदीको मूल्य भने आज स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला १ लाख ५५ हजार ७ रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको भाउ भने स्थिर रही १ हजार ८६० रुपैयाँ कायम भएको छ । हिजो पनि चाँदी तोलामा १ हजार ८६०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *