बागमतीलाई हराउँदै पुलिस जय ट्रफी कपको फाइनलमा प्रवेश

काठमाडौं । जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताामा बागमती प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।

लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई ५ विकेटले हराउँदै पुलिस प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । आइतबार बागमतीले दिएको ११६ रनको लक्ष्य नेपाल पुलिसले ५ विकेटको क्षतिमा पूरा गरेपछि फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पुलिसका अमित श्रेष्ठले लगातार अर्धशतक प्रहार गरे । पहिलो इनिङमा ७९ रनको उत्कृष्ट इनिङ खेलेका श्रेष्ठले दोस्रोमा ४४ बलमा ५६ रन बनाए । कुशल भुर्तेलले दोस्रो इनिङमा विष्फोटक सुरुवात गर्दै १९ बलमा ३२ रन जोडेर आउट भए ।

बागमतीका सन्दीप लामिछानेले दुई तथा नन्दन यादव, सूर्य तामाङ र प्रतिस जिसीले एक/एक विकेट लिए ।

अब उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। फाइनल खेल तीन दिवसीय हुनेछ । फाइलन खेल वीरगञ्जमा माघ १ देखि ३ गतेसम्म हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *