स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण
रवि लामिछानेको बयान सकियो, थुनछेक बहस आजै
२०८१ पुस २८ गते

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ ।
आइतबार विहान अदालतमा हाजिर भएका लामिछानेको न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा आज नै बयान सकिएको हो ।
सभापति लामिछानेको मुद्दामा आजै थुनछेक बहस हुने बताइएको छ । लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ र सुशील पन्तले बहस गर्ने भएका छन् ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको थियो ।
२०८१ पुस २८ गते
प्रतिक्रिया
सम्बन्धित








