जनवरी ३० देखी महिला टी-२०आई श्रृंखला हुने

काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागितामा महिला टी-२०आई श्रृंखला हुने भएको छ । नेपालको आयोजनामा आगामी जनवरी ३० देखि टी- २०आई श्रृंखला हुने भएको हो ।

शनिबार साँझ नेपाल क्रिकेट संघ (क्यान) ले सूचना जारी गर्दै टी-२०आई श्रृंखला हुने जानकारी दिएको छ । सबै टोलीले एक अर्कासँग ३/३ खेल खेल्ने छन् ।

पहिलो खेल जनवरी ३० मा नेपाल र नेदरल्याण्ड्सको बीचमा हुनेछ । त्यसैगरी थाइल्याण्डसँग ३१ जनवरीमा खेल्ने छ । फेब्रुअरी १ मा नेदरल्याण्ड्स र थाइल्याण्ड खेल्ने छन् । ७ फेब्रुअरीसम्म सोही क्रमका खेलहरू सञ्चालन हुने क्यानले जनाएको छ ।

जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टी-२० आई श्रृंखला हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *