पत्रकार महासङघलाई व्यावसायिक र क्रियाशील बनाउने आकांक्षीको प्रतिबद्धता

काठमाडौं । नेपाली पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घलाई व्यावसायिक र क्रियाशील बनाउने कार्यमा आफूहरूले भगिरथ प्रयास गर्ने महासङ्घको नयाँ नेतृत्वको आकांक्षीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।

महासङ्घको यही मङ्सिर २८ गते हुने निर्वाचनका सन्दर्भमा सञ्चारिका समूह नेपालले सोमबार आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा महासङ्घको आगामी निर्वाचनका उम्मेदवारले महासङ्घको शाखा र प्रतिष्ठालाई थप बलियो बनाउन सक्षम नेतृत्व चयन गरिनुपर्नेमा जोड दिए ।

अध्यक्षका प्रत्यासी निर्मला शर्माले महिला नेतृत्व स्थापित गर्ने उपयुक्त अवसरको सदुपयोग गर्न मतदातालाई आग्रह गरिन् । उनले भनिन्,“अहिलेको निर्वाचन महिला नेतृत्व स्थापित गर्ने उपयुक्त अवसर हो, सञ्चारिका समूहको म पनि नेतृत्वमा महिला पुर्‍याउने मुद्दालाई विगतदेखि नै उठाइरहेको हो र अहिले महासङ्घको नेतृत्व महिलाले गर्ने अवसरलाई खेर जान नदिन सजकतापूर्वक लाग्नुपर्छ ।”

महासचिवका उम्मेदवार रामप्रसाद दाहालले महासङ्घको गरिमालाई थप उचो बनाउँदै प्रेस स्वतन्त्रता, लोकतन्त्रको पैरवी गर्ने सक्षम नेतृत्व आवश्यक रहेको बताए । उनले महासङ्घको लामो इतिहासमा पहिलो पटक महिला नेतृत्व पाउने उपयुक्त अवसर रहेको भन्दै यसलाई खेर नफाल्न आग्रह गरे ।

उपाध्यक्षका उम्मेदवार नितु पण्डितले मूलधारका सञ्चारमाधयममका काम गरेको र श्रमजीवीको समस्या बुझेको नेतृत्वलाई विजयी गराउन आग्रह गरिन् ।

कार्यक्रममा सञ्चारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवाले महासङ्घलाई समावेशी चरित्रको बनाउन सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिइन् । नेपाल प्रेस युनियनका उपाध्यक्ष सलोजा दाहालले महिला नेतृत्वलाई स्थापित गर्न सक्षम नेतृत्व चयन हुनुपर्नेमा जोड दिइन् ।

पत्रकारहरू आरती चटौत, धना लामा, गजुरर्धन राईलगायतले महासङ्घले श्रमजीवी पत्रकारको सवाललाई बलियोसँग बहस र पेरवी गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =