कांग्रेसको बालबालिका तथा किशोर-किशोरी समन्वय विभागमा दश सदस्य मनोनयन

काठमाडौं । कांग्रेसको बालबालिका तथा किशोर-किशोरी समन्वय विभागमा दश सदस्य मनोनयन गरिएको छ ।

आइतबार सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा.जीवन राना प्रमुख रहेको नेपाली कांग्रेस बालबालिका तथा किशोर किशोरी समन्वय विभागको सदस्यमा दश जनालाई मनोनयन गरेका हुन् ।

मनोनयन भएका सदस्यहरूमा लक्ष्मी ठाकुर(सुनसरी),योगमाया गिरी(इलाम),निर्मल घिसिङ(रामेछाप),चन्द्र गुरुङ(कास्की),खलिल खाँ(बाँके) रहेका छन् ।

यस्तै रूपा वि.क.(रूपन्देही),सुशिला बम(कालिकोट),यादवकृष्ण चौधरी(बारा),हरि अधिकारी(कञ्चनपुर),भागिरथि विष्ट(कञ्चनपुर) पनि बालबालिका तथा किशोर किशोरी समन्वय विभागको सदस्यमा मनोनयन भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =