श्रम ऐनलाई सरकारले समय सापेक्ष बनाएर संशोधन गर्छ : श्रममन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम ऐनलाई सरकारले समय सापेक्ष बनाएर संशोधन गर्ने बताएका छन् ।

शुक्रवार मन्त्रालयमा उत्कृष्ट काम गर्ने उद्योग प्रतिष्ठानहरूलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले श्रम ऐनलाई समय सापेक्ष बनाउनको लागि सरोकारवालाहरूसँग सल्लाह सुझाव माग गरेको बताए ।

उनले श्रम ऐनलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी उद्योग प्रतिष्ठानहरू गर्नुपर्ने बताए । उनले श्रमिकको सुरक्षा र स्वास्थ्य सम्बन्धी अधिकारका विषयमा श्रम क्षेत्रलाई व्यवस्थित गर्दै जाँदा मात्रै रोजगारदाता र श्रमिक दुवै पक्षको सुमधुर सम्बन्ध बन्ने बताए । उनले रोजगारदाताहरूले उद्योगमा श्रमिकको सुरक्षा र स्वास्थ्य सम्बन्धी अधिकार सुनिश्चित गर्दा उत्पादन बढ्ने समेत बताए ।

उनले श्रमिकले काम गर्ने कार्यस्थलको सुरक्षा र स्वास्थ्यमा पर्ने असरका विषयमा गम्भीर भएर सोच्नुपर्ने बताए । उनले मुलुकमा रोजगारीको सम्भावना कम भएकाले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको बताए । उनले नेपालमा हरेक वर्ष करिब ५ लाख श्रमिकहरू श्रमबजारमा आएपनि १ लाख भन्दा बढी श्रमिकलाई रोजगारी दिनसक्ने अवस्था नभएको बताए । उनले चार लाख नेपाली श्रमिकहरू हरेक वर्ष बाध्यात्मक रुपमा वैदेशिक रोजगारीमा जानुपरेको उल्लेख गरे ।

उनले भने ‘सरकारले अहिले श्रम ऐनलाई समय सापेक्ष बनाउने हिसाबमा संशोधन गर्ने लागेका छौं । सरकारले स्टेक होल्डरहरूलाई आग्रह गरेका छौं । श्रम ऐनलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी गर्ने र उद्योग,उत्पादनको क्षेत्रलाई अगाडि बढाउने विषयलाई प्राथमिकता दिएका छौँ । श्रमिकको सुरक्षा र स्वास्थ्य सम्बन्धी अधिकारका विषयमा श्रम क्षेत्रलाई व्यवस्थित गर्दै लिएर जाने हो भने रोजगारदाता र श्रमिक दुवै पक्षको सुमधुर सम्बन्ध र पारिवारिक सम्बन्ध बनाउँछ । रोजगारदाताहरूले उद्योगमा श्रमिकको सुरक्षा र स्वास्थ्य सम्बन्धी अधिकार सुनिश्चित गर्दा उत्पादन समेत बढाउँछ । श्रमिकले काम गर्ने कार्यस्थलको सुरक्षा र स्वास्थ्यमा असरका विषयमा गम्भीर भएर सोच्नुपर्छ । यो मानवजन्य विषयसँग जोडिएको छ । सरकार यो विषयमा गम्भीर छ । मुलुकमा रोजगारीको सम्भावना कम भएको हुनाले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा छौं । करिब ५ लाख हरेक वर्ष श्रमिकहरू श्रमबजारमा आएका छन् । १ लाख भन्दा बढी श्रमिकलाई रोजगार दिने अवस्था छैन । चार लाख नेपाली श्रमिकहरू हरेक वर्ष बाध्यात्मक रुपमा वैदेशिक रोजगारीमा जानुपरेको छ ।’

कार्यक्रममा विभागले आन्तरिक श्रम बजारमा कार्यरत श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको प्रत्याभूतिका लागि अनुकरणीय र असल अभ्यास गर्ने हरेक प्रदेशका एक–एक गरी ७ उद्योग तथा प्रतिष्ठानहरूलाई सम्मान गरेको छ ।

जसमा कोशी प्रदेशबाट सूर्य नेपाल प्रा.लि, मधेस प्रदेशबाट ब्रिटानिया नेपाल प्रा.लि,बागमती प्रदेशमा युनिलिभर नेपाल प्रा.लि, गण्डकी प्रदेशबाट सूर्य नेपाल प्रा.लि, लुम्बिनी प्रदेशबाट राज ब्रुअरी प्रा.लि, कर्णाली प्रदेशबाट सिद्धार्थ शनि रिसोर्ट र सुदूरपश्चिम प्रदेशबाट वेष्टर्न फिड इ.प्रा.लिलाई विभागले सम्मान गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =