सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित, नरेनले लिए ५ विकेट

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ ।

काठमाडौँ गुर्खाजलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको हो ।

जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौँ गुर्खाज १५.४ ओभरमा अल आउट हुँदै ९४ रन मात्र जोड्न सक्यो ।

काठमाडौँलाई सस्तैमा समेट्न सुदूरपश्चिमका नरेन साउँदले कसिलो बलिङ गरे । नरेनले सर्वाधिक ५ विकेट लिए । ३.५ ओभर बलिङ गरेका नरेनले १९ रन खर्चिएर ५ विकेट लिए ।

उनी एनपिएलमा एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली खेलाडी बने । यस्तै अभिनाष बोहराले २ विकेट लिए ।

ब्रान्डन मक्मलेन र सेफ अलि जेबले समान १–१ विकेट लिए ।

आज पनि काठमाडौँको ब्याटिङ चल्न सकेन । स्टीफन एस्किनाजीले बनाएको ३७ रननै काठमाडौँको सबै भन्दा ठुलो स्कोर हो ।

सुमित महर्जनले १४ रन बनाए । भीम सार्की र गेर्हार्ड इरास्मसले समान १०–१० रन जोडे ।

अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । ओपनर माइकल लेविट ५ रनमा आउट हुँदा शङ्कर राना ३ रनमा आउट भए ।

प्रतीक श्रेष्ठले ८ रनको योगदान दिँदा राशिद खानले २ रन मात्रै जोड्न सके ।

करण केसी र साहब आलम १ रनमा आउट भए । नाथन सोटर १ रनमा नट आउट रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो ।

सुदूरपश्चिम रोयल्सका लागि ब्रान्डन मक्मलेनले अर्ध शतक बनाए । उनले ३६ बलमा ५३ रन बनाएर आउट भए ।

कप्तान दीपेन्द्र सिंह ऐरीले ४३ रनको आक्रामक पारि खेले । उनी २५ बलमा ४३ रन जोडेर क्याच आउट भए ।

रोयल्सका ओपनर विनोद भण्डारीले ३५ रन बनाए । सेफ अलि जेबले ११ रनको योगदान दिए । रोहन मुस्ताफा ४ रनमा बोल्ड भए ।

आरिफ शेख ३ बलमा ३ रन बनाएर खेलिरहेका बेला रन आउट भए । इशान पाण्डे १ र स्कट कुगेलेइन ७ रनमा नट आउट रहे ।

बलिङमा काठमाडौँका राशिद खानले सर्वाधिक २ विकेट लिए । करण केसी, साहब आलम र गेर्हार्ड इरास्मसले समान १–१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =