सुदूरपश्चिमले काठमाडौँलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को नवौँ तथा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो ।

सुदूरपश्चिम रोयल्सका लागि ब्रान्डन मक्मलेनले अर्ध शतक बनाए । उनले ३६ बलमा ५३ रन बनाएर आउट भए ।

कप्तान दीपेन्द्र सिंह ऐरीले ४३ रनको आक्रामक पारि खेले । उनि २५ बलमा ४३ रन जोडेर क्याच आउट भए ।

रोयल्सका ओपनर विनोद भण्डारीले ३५ रन बनाए । सेफ अलि जेबले ११ रनको योगदान दिए । रोहन मुस्ताफा ४ रनमा बोल्ड भए ।

आरिफ शेख ३ बलमा ३ रन बनाएर खेलिरहेका बेला रनआउट भए । इशान पाण्डे १ र स्कट कुगेलेइन ७ रनमा नटआउट रहे ।

बलिङमा काठमाडौंका राशिद खानले सर्वाधिक २ विकेट लिए । करण केसी, साहब आलम र गेर्हार्ड इरास्मसले समान १–१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =