आगामी पुसमा प्राथमिक उपचार प्रशिक्षक तालिम सञ्चालन हुँदै

काठमडौं । काठमाडौंमा प्राथमिक उपचार प्रशिक्षक तालिम सञ्चालन हुने भएको छ । योगदान राष्ट्रको लागि नामक सामाजिक संस्थाले आगामी पुस १७, १८ र १९ गते (३ दिन) काठमाडौंको चाबहिलमा तालिम सञ्चालन गर्ने भएको हो ।

संस्थाका अध्यक्ष एवं प्राथमिक उपचार सम्बन्धि अन्तराष्ट्रिय प्रशिक्षक ओम उप्रेतीका अनुसार तालिममा देशभरका करिब २ सय जनाको सहभागिता रहनेछ ।

यसअघि प्राथमिक उपचार सम्बन्धि तालिम लिएका वा तालिम लिन इच्छुकले तालिममा सहभागिता जनाउन सक्ने उनले बताए । तालिम प्रदान गरेर प्रशिक्षक उत्पादन गर्ने लक्ष्यका साथ तालिम सञ्चालन गर्न लागिएको संस्थाका अध्यक्ष उप्रेतीले बताए ।

प्राथमिक उपचार, हाम्रो सरोकार भन्ने नाराका साथ अघि बढेको संस्थाले प्राथमिक उपचार सम्बन्धि जनचेतना, प्रशिक्षण, तालिम सञ्चालन गर्दै आएको छ ।

संस्थाले विभिन्न खालका सामाजिक कार्यबाट समग्र मुलुककै लागि योगदान दिन सकिन्छ भन्ने उद्धेश्यका साथ संस्थाको स्थापना गरिएको केन्द्रीय सदस्य एवं प्रवक्ता हिरण्यराज उप्रेतिले बताए ।

योगदान राष्ट्रका लागि संस्थाले ७७ वटै जिल्लाहरुमा आफ्नो समाजसेवाको सञ्जाल विस्तार गरिसकेको छ । अहिले अधिकांश जिल्लाहरुमा जिल्ला स्तरिय समुहहरु गठन भइसकेका छन् ।

विशेष गरेर बेहोस भएको, छारे रोग, अंगभंग भएको, घाँटीमा अड्केको, करेण्ट लागेमा, सर्पको टोकाई, रक्तश्राव, आगोले पोलेको, बिष सेवन गरेको, हृदयघात, दम, अन्य दुर्घटना, पानीमा डुबेको, प्राकृतिक विपक्ति लगायत अन्य विभिन्न खालका जोखिममा तत्काल उपचार गर्न सकिने बिषय र अपनाउनु पर्ने प्राथमिक उपचार सम्बन्धि ज्ञानलाई देशव्यापी अभियानकै रुपमा संस्थाले सक्रिय भएर नागरिक र समाजको सेवा गर्ने ध्येय लिएको छ ।

संस्थाले छोटो समयमा केन्द्र, प्रदेश, जिल्ला÷जिल्लामा समिति गठन गरि सक्रिय र जागरुक समुह अगाडी बढाएको छ । हाल २ हजार बढी युवा योगदान राष्ट्रको लागि संस्थामा जोडिएका छन् ।

युवा समिति र सञ्जाल मार्फत हरेक नागरिक र सर्वसाधारणमा प्राथमिक उपचार सेवा र सचेतना पुर्‍याउने लक्ष्य संस्थाको छ । संस्थाले हरेक तहमा स्वंयसेवक दस्ता खडा गरि राज्यलाई परेको आपतकालिन अबस्थामा सहयोग गर्ने तथा संस्थाद्धारा गुणस्तरीय एम्बुलेन्स सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

संस्थाको उदय

संस्थाको स्थापना वि.स.२०७७ सालमा भएको हो ।  लामोसमय देखि संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका ओमप्रसाद उप्रेतीले संस्थाको स्थापना सम्बन्धी धारण ल्याएका थिए ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ संक्रमणको समयमा जन्मिएको यस संस्थाले कारोनाको कहरमा अझ प्राथमिक उपचारको महत्व र आवश्यकतालाई बुझेर नै संस्थाको उदय भएको हो ।

प्राथमिक उपचारको ज्ञान र यसको उपयोग तथा उपभोग र कार्यान्वयनले धेरै नेपालीलाई जोगाउन सकिने संस्थाले बताएको छ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका अवस्थामा पनि यस संस्थाले सचेतना सँगै दैनिक गुजारा चलाउन समस्या भएका परिवारहरुलाई राहतवितरण र मास्क र सेनिटाइजरको प्रयोग, भौतिक दुरी कायम, रक्तदान शिबिर तथा कोरोनाको समयमा फन्टलाईनमा काम गर्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको हौसला बढाउन दिप प्रज्वलन जस्ता कार्यमा समेत सक्रिय रहेको यस संस्थाले बर्खाको समयमा बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिले बिचल्लीमा परेका नागरिकहरुलाई पनि सहयोग गर्न अग्रसर भयो । बाढी पहिरो, आगजनी जस्ता विपक्तिमा सदैव अग्रसर हुने प्रण संस्थाको छ ।

छोटो समयमा नै उत्कृष्ट अनि प्रभावशाली समाजसेवा कर्ममा आफुलाई सशक्त रुपमा उभ्याउन सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =