एनपिएल : शिखर धवन १४ रनमा आउट
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ मंसिर १७ गते
![एनपिएल : शिखर धवन १४ रनमा आउट](https://www.makalukhabar.com/wp-content/uploads/2024/12/sikhar-mk.jpg)
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरूद्ध ब्याटिङ गरिरहेको छ ।
खेलमा कर्णाली याक्सका दुवै ओपनर आउट भएका छन् । ओपनर देब खनाल १ रनमा आउट भए भने अर्का ओपनर शिखर धवन १४ रनमा आउट भए । धवनलाई हर्ष थाकेरले बोल्ड गरे ।
देबलाई ललित नारायण ललितनारायण राजवंशीले बोल्ड आउट गरेका थिए ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली याक्सले टस जितेर ब्याटिङ गरिरहेको हो । ५ ओभरको खेल सकिँदा कर्णाली याक्सले २२ रन बनाएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित