डोटीको पूर्वीचौकी गाउँपालिका ६ को वडाध्यक्षमा कांग्रेस थापा निर्वाचित

डाटी । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा निर्वाचित भएका छन् । उनी ४६८ मत ल्याउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३ सय १ मत प्राप्त गरेका छन् । २०७९ को निर्वाचनमा पनि यस वडामा कांग्रेसले जितेको थियो ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका देवीलाल थापाले ३६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका जानकी कुमारी खड्का (कुँवर) ले ३१ मत प्राप्त गरेका छन् ।

यहाँ जम्मा ८ सय ३९ मत खसेको थियो । आइतबार देशरभरका ४१ स्थानीय तहमा उपनिर्वाचन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *