कुशे गाउँपालिका ७ को वडाध्यक्षमा कांग्रेसका खम्बबहादुर निर्वाचित

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष निर्वाचित भएका छन् । सिंहले ३४७ मत ल्याएर जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी कैन्द्रका गोरखबहादुर नेपाली बने । नेपालीले ३३२ मत पाएका छन् ।

यो वडामा ०२७९ को चुनावमा माओवादी केन्द्रले जितेको थियो । नेकपा माओवादी केन्द्रका मनबहादुर घर्तीले ३८० मत ल्याएर वडाध्यक्ष जित्दा कांग्रेसका खम्ब बहादुर सिंहले ३१८ मत ल्याएका थिए भने एमालेका प्रसाद सिंहले १४८ मत ल्याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *