ओखलढुंगाबाटमा एमालेले खोल्यो खाता,राप्रपा र जसपा नेपालका उम्मेदवारले पाए ३ मत

काठमाडौं । ओखलढुंगाबाट नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।  मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका गंगा बहादुर तामाङ निर्वाचित भएका छन् । उनी ३९९ मत ल्याएर निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका घन श्याम दाहालले १७७ मत ल्याएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका मान बहादुर सुनुवारले २३ मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का विष्णु प्रसाद पोखरेलले १५१ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्‍द्र मणि दाहालले ३ मत पाएका छन् ।

जनता समाजवादी पार्टी, नेपालका इन्द्र वहादुर दर्जीले पनि ३ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *