रुन्टीगढी ४ को वडाध्यक्षमा कांग्रेसका भुपमणी निर्वाचित
मकालु खबर
२०८१ मंसिर १६ गते
काठमाडौं । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका भुपमणी पुनमगर निर्वाचित भएका छन् ।
उनले ६४३ मत ल्याएर जित्दा एमालेका बेगम पुनले ५३५ मत ल्याए । माओवादीका नरेशजंग सिंहले ७० र राप्रपाका पहलबहादुर वलीले १० मत ल्याएका छन् ।
यो वडामा २०७९ को चुनावमा पनि कांग्रेसले नै जितेको थियो । यसअघि रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोतिराम खत्री निर्वाचित भएका छन् । ५९० मत ल्याएर खत्री वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
मकालु खबर
२०८१ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित