सानीभेरी ५ को वडाध्यक्षमा कांग्रेसका खत्री निर्वाचित
मकालु खबर
२०८१ मंसिर १६ गते
काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोतिराम खत्री निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वानको जारी मतगणनामा नेपाली कांग्रेसका खत्रीले ५९० मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत ल्याएका छन् । यहाँ जम्मा ११४६ मत खसेको थियो।
मकालु खबर
२०८१ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित