दार्चुलाको दुहुँ ५ मा कांग्रेसका कुँवर निर्वाचित

काठमाडौं । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्ष नेपाली कांग्रेसका धनसिंह कुँवर विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार कुँवरले खसेको मत ३७६ मत प्राप्त गरी विजय भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन् ।

यस्तै माओवादी केन्द्रका उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लाल सिंह कुवँरले अर्ना चिन्हमा २५ मत प्राप्त गरेका छन्। जम्मा खसेको मतमध्ये २० मत बदर भएको छ । यहाँ जम्मा ८७७ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *