एसिया कप क्रिकेट : श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य
२०८१ मंसिर १४ गते

काठमाडौं । यूएईमा जारी १९ वर्ष मुनिको एसिया कपमा श्रीलंकाले नेपाललाई २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको छ ।
श्रीलंकाका शरुजन शणमुगनाथनले सर्वाधिक ६२ रन जोडे । लकविन अबेसिङ्घेले ५० रनको अर्धसतकीय इनिङ खेले । बलिङमा नेपालका सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए । युवराज खत्रीले २, कप्तान हेमन्त धामी र नरेन साउदले एक/एक विकेट लिए ।
पहिलो खेल श्रीलंकासँग आज खेल्न लागेको नेपालले दोस्रो खेल मंसिर १६ गते आइतबार बंगलादेशसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
२०८१ मंसिर १४ गते
प्रतिक्रिया
सम्बन्धित








