कालिकोट जीप दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो

काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ । आइतबार दिउँसो पलाँता गाउँपालिका – ३ को राडुनेटामा खिनदेखि थिर्पुतर्फ जाँदै गरेको कर्णाली प्रदेश क १ ज ५६ नम्बरको जीप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको पहिचान खुलेको कालिकोटका प्रहरी निरीक्षक एवं सुचना अधिकारी गोविन्द चौधरीले मकालुखबरलाई बताए ।
उनका अनुसार मृत्यु हुनेमा पलाँता गाउँपालिका वडा नम्बर ६ बस्ने दशकला शाही,पदम बम,भगवती रोकाया,गणेश शाही रहेका छन् । यस्तै सोही गाउँपालिकाको वडा नम्बर ५ बस्ने छाया शाही र वडा नम्बर ३ बस्ने दमन रोकायाको पनि मृत्यु भएको उनले बताए ।
यस्तै दुर्घटनामा परेर घाइते हुनेहरुमा पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भुपेन्द्र रोकाया, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया, ठेगाना नखुलेका जिपका चालक धनिराम रावत तथा पलाता–५ का दोली विक र आयुशा विक रहेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








