सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनालाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा १२९ (२) बमोजिम नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई आइतबार न्यायाधीश नियुक्त गरेका हुन् ।

संसदीय सुनुवाइ समितिले शुक्रबार योग्यता, क्षमता र अनुभवसमेतको आधारमा निरौला र पाण्डे दुवैको नाम अनुमोदन गरेको थियो ।

संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीशलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यो पनि सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे अनुमोदन

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *