एमाले महासचिव पोखरेललाई भ्रातृशोक

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई भ्रातृशोक परेको छ । महासचिव पोखरेलका दाजु देवी पोखरेलको शुक्रवार राति दाङमा निधन भएको हो ।

नेकपा एमालेका केन्द्रीय सल्लाहकार समेत रहेका पोखरेलको ७४ वर्षको उमेरमा निधन भएको हो । उनका श्रीमती,दुई छोरा र एक छोरी छन् । उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट ग्रसित थिए । उनी विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध थिए । उनको आज दिउँसो १ बजेतिर अन्त्येष्टि गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =