जर्मनीले इरानी वाणिज्य दूतावास बन्द गर्ने
काठमाडौं । जर्मनमुलका इरानी नागरिक जमशिद शर्माहदलाई मृत्युदण्ड दिएको विरोधमा आफ्नो भूमिमा रहेका तीन वटा इरानी वाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको छ ।
जर्मनीका विदेशमन्त्री एनालेना बेयरबोकले जर्मनमुलका इरानी नागरिकलाई मृत्युदण्ड दिएको विरोधमा इरानी वाणिज्य दूतावास बन्द गर्ने जानकारी दिएका छन् ।
“हामीले तेहरानलाई पटक–पटक स्पष्ट रुपमा भनिसकेका छौ जर्मन नागरिकको मृत्युदण्डले गम्भीर परिणाम भोग्नुपर्नेछ,” बेयरबोकले फ्रयाङ्कफर्ट, म्युनिख र ह्याम्बर्गमा रहेका वाणिज्य दूतावासहरू बन्द गर्ने घोषणापछि पत्रकारसँगको कुराकानीमा बताए ।
चान्सलर ओलाफ स्कोल्जले यसलाई ‘हत्या प्रकरण’ को संज्ञा दिनुभएको छ भने यसले दुई देशबीचको कूटनीतिक सम्बन्धमा सङ्कट निम्त्याएको छ ।
बेयरबोकले भने, “मध्यपूर्वको पछिल्लो घटनाक्रमको आलोकमा यो हत्या भएको तथ्यले इरानको तानाशाही, अन्यायपूर्ण शासनलाई देखाउँछ । यसले सामान्य कूटनीतिक तर्कअनुसार काम गर्दैन ।”
उनले भने “हाम्रो कुटनीतिक सम्बन्ध अहिलेसम्मकै सबैभन्दा तल्लो स्तरमा पुगिसकेको पछिल्लो घटनाले पुष्टि गरेको छ ।”
विदेश मन्त्रालयका अनुसार बाणिज्य दूताबास बन्दले कूल ३२ कन्सुलर कर्मचारीप्रभावित हुनेछन् ।
बेयरबोकले जर्मनीले तेहरानस्थित हाम्रो कूटनीतिक च्यानल र दूतावासलाई निरन्तरता दिने बताए ।