भ्रष्टाचार नियन्त्रण र सुशासन सुटिङ गरेर देखाएजस्तो होइन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन,भ्रष्टाचार नियन्त्रण र विकासका काममा गति लिएको बताएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा सरकार गठन भएको एक सय दिनको अवसरमा बुधवार प्रगति विवरण सुनाउँदै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्राथमिकता दिएर सुरुवात देखी नै काम गरेका छौँ,भ्रष्टाचार नियन्त्रण र सुशासन सुटिङ गरेर देखाएजस्तो विषय होइन । एकछिनको हल्बाजी गरेर भ्रष्टाचार नियन्त्रण हुँदैन ।’

प्रधानमन्त्री ओलीले राष्ट्रियताको रक्षा,सुशासन,राष्ट्रिय हितको संरक्षण र विकासका काममा सरकारले कसैसंग सम्झौता नगर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =