बेसीसहर जाँदै गरेको जीप दुर्घटना : १९ जना घाइते, ४ जना भरतपुर रेफर

काठमाडौं । लमजुङमा जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

लमजुङको सारिङबाट बेसीसहरतर्फ जाँदै गरेको जिप मकैडाँडामा दुर्घटना भएको हो ।

जिप दुर्घटनामा १९ जना घाइते भएको लमजुङ प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये ४ जनालाई भरतपुर मेडिकल कलेजमा पठाइएको छ ।

उनीहरूको अवस्था गम्भीर छ । बाँकी घाइतेहरू लमजुङ अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 18 =