यस्तो छ तपाईंको आजको राशिफल

आजको पञ्चाङ्ग

वि.सं.असोज २७, २०८१ । ई.सं. 13 Oct,2024 । शक संवत् १९४६ । नेपाल संवत् ११४४ कौलाथ्व । कालयुक्त दक्षिणायन शरद । आइतवार आश्विन शुक्लपक्ष । तिथि एकादशी ०२ः३० बजेसम्म, त्यसपछी द्वादशी । नक्षत्र धनिष्ठा २३ः५२ बजेसम्म, त्यसपछी शतभिषा । योग शूल १९ः२६ बजेसम्म, त्यसपछी गण्ड । करण वणिज १५ः२६ बजेसम्म, त्यसपछी भद्रा ०२ः३०बजेसम्म, त्यसपछी वव । चन्द्रराशि मकर । आनन्दादि योग मातंग । दिनमान ११ः३२ । सूर्योदय । ६ः०३ । सूर्यास्त १७ः३५ ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पुरुषार्थी काम प्रारम्भ हुनेछ। दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

भाग्यले विभिन्न अवसर जुराउनेछ। काम गरेरै दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सहयोगीहरूले फाइदा दिलाउनेछन्। मध्याह्नदेखि नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अरूका लागि समय खर्चनुपर्ला। बिहानको समयमा चुनौती सामना गर्नुपरे पनि दिउँसोदेखि स्थितिमा सुधार आउनाले केही अवसर प्राप्त हुनेछन्। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। व्यावसायका लागि यात्रा गर्ने साइत जुर्न सक्छ। परिवारजनको साथले मात्र सामान्य काम सम्पादन हुनेछन्। मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ। अस्वस्थताको बाबजुद कामको चाप बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। मध्याह्नदेखि घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार पनि प्राप्त हुने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् र नतिजाले उत्साह जगाउनेछ। दिउँसोदेखि आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै प्रतिष्ठा कमाउन सकिनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। पुरुषार्थी काम गरेर लाभ उठाउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नपछि भने आफन्तहरू अलि टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। पशुधनबाट लाभ उठाउन सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। मध्याह्नदेखि सहयोगी जुट्नाले पुरुषार्थी काम सम्पादन गर्ने समय छ। बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ। अध्ययन र व्यापारमा पनि प्रगति हुनेछ। व्यक्तित्वमा निखारता आउनेछ भने नाम, दाम र इनाम हातलागी हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

समयमै काम पूरा हुनाले उत्साह जाग्नेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले रोकिएका काम बन्नेछन्। दिउँसोदेखि अवसरका साथै केही चुनौतीसमेत देखा पर्नेछन्। तत्काल फाइदा लिँदा लाभांश अरूलाई बाँड्नुपर्ला। काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। विवादास्पद अभिव्यक्तिले पनि समस्या निम्त्याउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसोदेखि कामले आशा जगाए पनि महत्त्वाकांक्षा पूरा हुन समय लाग्नेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य–समस्याले पनि काममा बाधा र अलमल हुन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। काम रोकिने र फजुल खर्च बढ्ने समय छ। तापनि, मिहिनेतले केही काम सम्पादन हुनेछन्। प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ।

नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =