पुण्य गौतमलाई रड प्रहार गर्ने दुई जना पक्राउ
२०८१ असोज २४ गते

काठमाडौं । अभियन्ता पुण्य गौतमलाई कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् ।
गौतमलाई रड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार सञ्जीव तामाङ र दिलबहादुर गङदान पक्राउ परेका हुन् ।
तामाङ काभ्रे तेमाल घर भई भक्तपुरको च्यामासिंह बस्छन् । गङदान रसुवा घर भई गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्छन् ।
उनीहरूले गौतमलाई घाइते बनाएर फरार भएका थिए । उनीहरूबाट प्रहरीले एउटा रड र तीन वटा मोबाइल पनि बरामद गरेको छ ।
२०८१ असोज २४ गते
प्रतिक्रिया
सम्बन्धित








