कात्तिक ८ भित्र बक्यौता बुझाउन आग्रह,नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै बक्यौता रकम बुझाउन आग्रह गरेको छ । प्राधिकरणले बिहीबार एक सुचना जारी गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो ।

तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी समेत विद्युत् प्राधिकरणले दिएको छ ।

बुधवार मात्रै ऊर्जा मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको थियो । प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई पुनः ताकेता गरेको हो । यसअघि पनि प्राधिकरणले बक्यौता तिर्न अनुरोध गरेको थियो ।

हेर्नुहोस् प्राधिकरणले जारी गरेको सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =