सिन्धुलीमा भेटियो उँट (भिडिओ)
२०८१ असोज २२ गते

काठमाडौं । सिन्धुलीमा उँट भेटिएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका ६ भिमानमा उँट भेटिएको हो ।
मंगलबार बिहान बस्ती नजिकै उँट भेटिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बव्रध्वज वाइवाले जानकारी दिए ।
गाउँमै उँट देखिएपछि स्थानीय त्रसित भएका छन् । यसअघि उक्त क्षेत्रमा उँट देखिएको थिएन ।
हरिहरपुरगढीमा भेटिएको उँट नेपालमा पाइँदैन । तर अरवियन उँट जस्तो देखिने यो उँट कहाँबाट आएको हो भन्ने एकिन छैन ।
डिभिजन वन कार्यालय मरिणका वन अधिकृत अभिमन्यु केसीले उँट भेटिएको खबर आएपछि कार्यालयबाट वन कर्मचारी र प्रहरी त्यसतर्फ जाँदै गरेको जानकारी दिए ।
२०८१ असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित








