माटो खन्ने क्रममा ढिस्कोले पुरिएर ४८ वर्षीय चौधरीको मृत्यु
२०८१ असोज १८ गते

सांकेतिक तस्बिर
काठमाडौँ । बाँके, बैजनाथ गाउँपालिका–२ हरियाली चोक बस्ने ४८ वर्षीय बुद्धि चौधरीको माटोको ढिस्कोले पुरिएर शुक्रवार बिहान मृत्यु भएको छ ।
माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
२०८१ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित








