काठमाडौंबाट विराटनगर जाँदै गरेको माइक्रोबस सिस्नेरीमा दुर्घटना
२०८१ असोज १८ गते

फाइल फोटो
काठमाडौं । सिन्धुलीमा माइक्रोबस दुर्घटना भएको छ । काठमाडौंबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बर हायास बस सिन्धुलीको सिस्नेरीमा दुर्घटना भएको हो।
सो दुर्घटनामा १५ जान घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ । ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
घाइते सबैलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको घोपा पठाइएको छ। माइक्रोमा सवार १९ मध्ये चार जना सकुशल छन् ।
२०८१ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित








