असईसहितका २४ प्रहरी सम्पर्कविहीन भएको सूचना
२०८१ असोज १० गते

फाइल फोटो
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी कर्मचारीहरूलाई सात दिने सूचना जारी गरेको छ ।
विगत लामो समयदेखि बिना जानकारी संगठनले खटाएको कार्य क्षेत्रमा उपस्थित नभएको भन्दै हेडक्वार्टरले ७ दिनभित्र स्पष्टीकरणसहित जवाफ दिन प्रहरी सहायक निरीक्षकसहित प्रहरी जवानसम्मका २४ जनालाई निर्देशन दिएको छ । प्रधान कार्यालयले कार्यालयमा उपस्थित नभएमा सेवाबाटै हटाउनेसम्मको कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

२०८१ असोज १० गते
प्रतिक्रिया
सम्बन्धित








